३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृ’त्यु

0

नेपालगञ्ज – बाँकेको क्वारेन्टाइनमा रहेका युवाको मृ’त्यु भएको छ । नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खाँका अनुसार, नरैनापुरको दिपेन्द्र मावि, भोज भगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृ’त्यु भएको छ ।उनी वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । गएराती तीन बजे वा’न्ता हुनुका साथै एक्कासी ज्वरो देखिएका उनको ६ बजेर ४० मिनेटमा मृ’त्यु भएको थियो ।हिजोमात्रै ती युवासहित २ सय ६३ जनाको स्वा’व लिइएको थियो ।त्यसको रिपोर्ट आइसकेको छैन ।

पछिल्ला दिनमा भारतबाट बाँके फर्किनेमा सबैभन्दा धेरै नरैनापुर गाउँपालिका रहेका छन् । त्यहाँ ११ वटा क्वारेन्टाइनमा ६ सय २६ जना बसेका छन् ।भारतबाट आएका आठ जनामा यसअघि नै कोरोना देखिएपछि नरैनापुरमा सा’वधानी अपनाइएको छ ।संक्रमितको सम्पर्कमा रहेका भनिएका करिव तीन सय मध्येमा २ सय ६३ जनाको शनिबार स्वा’व लिइएको थियो । अझै ठूलो संख्या मानिसको स्वा’व लिन बाँकी रहेको छ ।मृ’तक युवाको श’व अहिले पनि क्वारेन्टाइनमै रहेको छ । नरैनापुरका स्वास्थ्य शाखाका प्रमुख खाँले त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल गर्न नेपालगञ्ज आउदै गरेको जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.