युवतीको निधन पछि लकडाउनको मोडालिटि परिबर्तन गर्दै

0

काठमाडौं । नेपालमा पनि कोरोनाका कारण मानिसको निधन भएपछि सरकार लकडाउनलाई जारी राख्ने निर्णयमा पुगेको बताइएको छ । जारी लकडाउनबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् वैठक बोलाएका छन्। आज साँझ ५ वजे बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनलाई निरन्तरता दिने निर्णय गर्ने बताइएको छ ।

भारतमा पनि दिनहुँ नागरिकको कोरोनाका कारण निधन भएपछि र संक्रमित पनि थपिदै गएका कारण १५ दिन लकडाउन बढाइएको छ । नेपालमा पनि संक्रमितको संख्या थपिदै जानु र भारतवाट जोखिम बढ्ने भएकाले सरकार लकडाउनलाई निरन्तरता दिने तयारीमा लागेको बुझिएको छ । अहिले जारी लकडाउन सोमवार सकिने भएकाले सरकराले थप निर्णय लिने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने वैठकले लकडाउनबारे थप निर्णय लिने बताइएको छ। तर अबको लकडाउनको मोडालिटि भने केही फरक हुनसक्ने एक मन्त्रीले बताएका छन् । सरकारले पछिल्लोपटक थपेको संक्रमणको जोखिम कायमै रहेकोले आजको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक मन्त्रिपरिषद् बैठकलाई लकडाउन थप्‍न सुझाव दिने उच्चस्तरीय समितिका एक सदस्यले जानकारी दिए।

त्यस अघि उच्च स्तरीय समन्वय समितिको बैठक पनि बस्ने छ । यसअघि उच्च स्तरीय समन्वय समितिको वैठकमा लकडाउनको मोडालिटिबारे छलफल भएपनि लकडाउन थप्नुको विकल्प नरहेको एक मन्त्रीले बताए। समितिको निर्णयलाई आधार बनाएर पनि सरकारले लकडाउन सम्बन्धि निर्णय गर्नेछ ।

उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलले बोलाएको बैठकमाकोरोना संक्रमणको वर्तमान अवस्था, संभावित जोखिम र लकडाउनको आगामी स्वरुपबारे छलफल तथा समीक्षा हुने छ। मन्त्रिपरिषद् वैठक बस्नुभन्दा पहिला साढे २ बजे उच्चस्तरीय समन्वय समितिको वैठक बोलाइएको छ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनलाई थप सशक्त बनाउने घोषणा गरेका छन् । शनिवार नेपालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएपछि प्रधानमन्त्री ओलीले सरकारले जारी गरेको लकडाउनलाई थप सशक्त बनाउने सामाजिक सञ्जाल ट्वीटरमार्फत घोषणा गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.