एक युवतीमा कोरोना पुष्टि भएपछी काठमान्डौको कपन शिल गर्ने तयारी

0

काठमाडौं, काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपनमा बस्ने एक युवतीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछी बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा उच्च सतर्कता अपनाइएको छ। सर्लाही जिल्लाको रामनगर ४ स्थायी ठेगाना भएकी ति युवतीका आमा र उनको भाइको रिपोर्ट भने नेगेटिभ आएको उनको परिवारले जानकारी दिएको छ। लकडाउन भन्दा पहिला सर्लाही गएर १ महिना बसी करिव ३ दिन पहिला उनीहरु काठमाडौं आएका थिए। नतिजा पोजिटिभ आए संगै ति युवतीलाई अस्पतालमा राखिएको छ ।

उक्त सुचना प्राप्त भए संगै सो क्षेत्र शिल गरेर उनीहरुको सम्पर्कमा आएकालाइ पनि आइसोलेसनमा बस्ने प्रवन्ध गरिने वडा अध्यक्ष शम्भु भट्टराईले जानकारी दिएका छन। वडा नं १२ ले वडाका टोल विकास समितिहरु संग वडालाई सुरक्षित बनाउन र वडावासीको सुरक्षाका लागि अपनाउनु पर्ने उपायका वारेमा छलफल गरिएको थियो ।सो वडाको तेन्जिंग चोकमा संक्रमित भेटिए संगै वडा नम्बर १२ ले वडाका सबै टोल विकास समिति सङ को छलफल पस्चात वडालाई शिल गर्ने निर्णय गरेको हो।एक टोल बाट अर्को टोलमा हुने आवत जावत रोक्नका लागी ति समितिले स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको छ।

Leave A Reply

Your email address will not be published.