दक्षिण कोरियामा १०४ वर्षीया बृद्धा कोरोना संक्रमणबाट मुक्त

0

काठमाडौं – दक्षिण कोरियामा १०४ वर्षीया बृद्धा कोरोना संक्रमणबाट मुक्त भएकी छन् । चोई नामकी वृद्धा २ महिनाभन्दा बढीको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट शुक्रबार डिस्चार्ज भएकी हुन् ।

उनी दक्षिण कोरियामा कोरोना सङ्क्रमणबाट निको हुनेमध्ये अहिलेसम्मकै बढी उमेर भएकी वृद्धा भएको जनाइएको छ ।

सन् २०१२ देखि थेगुको दक्षिणी ग्यङ्सानमा रहेको एक केयर सेन्टरमा बस्दै आएकी चोईलाई मार्च १० मा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

Leave A Reply

Your email address will not be published.