लकडाउन दुई हफ्ता थप्ने यस्तो छ सरकारको तयारी

0

काठमाडौँ– वैशाख २५ गते थप गरिएको लक डाउन सोमबार सकिने भए पनि सरकारले फेरि कम्तीमा दुई हप्ता लक डाउन लम्ब्याउने तयारी गरेको छ। दिनदिनै कोरोना भाइरसको संक्रमित बढिरहेको र शनिबार कोभिड–१९ कै कारण सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको मृत्यु भएपछि सरकार लक डाउन लम्ब्याउने तयारीमा पुगेको हो।

जारी लकडाउनबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् वैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने वैठकले लकडाउनबारे थप निर्णय लिने बताइएको छ। अहिले जारी लकडाउन सोमबारदेखि सकिदैंछ। कोरोना भाइरसको संक्रमण बढेकाले लकडाउन थप्ने सरकारको तयारी छ। मन्त्रिपरिषद् वैठक बस्नुभन्दा पहिला साढे २ बजे उच्चस्तरीय समन्वय समितिको वैठक बोलाइएको थियो । समितिको सुझावका आधारमा मन्त्रिपरिषदले अन्तिम निर्णय गर्नेछ।

समन्वयन समितिको सिफारिसका आधारमा बेलुका बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले लक डाउनको अवधि थप गर्ने ती मन्त्रीले जानकारी दिए। चैत ११ गतेदेखि सुरु भएको लक डाउन दुई महिना पुग्न लाग्दा नेपालमा संक्रमितको संख्या दुई सय ९१ पुगेको छ।

त्यस्तै कपनको तेन्जिङ चोक नजिक बसोबास गर्ने १८ वर्षीया युवतीको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन बसोबास गर्दै आएकी उक्त युवतीमा कोभिड–१९ पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि १५० मिटर वरपर सिल गरिएको बूढानीलकण्ड नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।

पिसिआर परीक्षणमा पोजेटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ । युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएकोे परिवारले जानकारी दिएको छ । युवतीको परिवारले कपनमा फर्निचर व्यवसाय गर्दै आएको थियो ।

युवतीको रिपोर्टमा पोजेटिभ आएपछि थप सतर्कता अपनाउनका लागि वडा सिल गर्ने तयारी रहेको प्रवक्ता भट्टराईले बताए । भट्टराईका अनुसार, “आज ३ बजे बस्ने नगरपालिकाको बैठकले अब कसरी जाने भन्ने निर्णय गर्नेछ । यसका लागि थप सुरक्षा अपनाउन वडा सिल पनि गर्न सकिनेछ ।” उक्त क्षेत्रमा एक टोलबाट अर्को टोलमा हुने आवतजावत रोक्नका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.