नेपालमा फेरी थपिए ३ जना कोरोना संक्रमित, संक्रमितको संख्या २९५ पुग्यो

0

४ जेष्ठ २०७७, आईतवार काठमान्डौ , पछिलो समय नेपालमा कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन । स्वास्थ्य मन्त्रालयको अपडेट अनुसार आज आइतबार बिहान १० जनामा कोरोना पुष्टि भएको थियो ।स्वास्थ्य मन्त्रालयको ताजा अपडेट अनुसार फेरी थप ३ जना कोरोना संक्रमित थपिएका छन ।यो संगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २९५ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षण अनुसार थप ३ जनामा नयाँ पुष्टी भएको हो ।

नयाँ संक्रमितहरु धनकुटा निवासी ३४ वर्षीय महिला, मोरंग. बिराटनगर निवासी २९ बर्षीय महिला र ३६ बर्षीय पुरुष रहेका छन । हाल सम्म प्राप्त विवरण अनुसार नया संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सह प्रबक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन ।

Leave A Reply

Your email address will not be published.