कोरोनाका कारण निधन भएकी महिला बसेको गोंगबु क्षेत्रको अवस्था, यसो भन्छन् उनका छिमेकी (भिडियो)

0

काठमाडौं । धुलिखेल अस्पतालमा विहिवार कोरोनाकै कारण एक सुत्केरी महिलाको निधन भएपछि काठमाडौंको गोंगबु क्षेत्रमा अहिले निकै सतर्कता अपनाईको छ । कन्ट्रयास टेसिगंको काम हुंदैछ भने सो क्षेत्र सिल गरेर परिक्षण सुरु गरिएको छ । स्थानिय बासीन्दामा परेको त्रास शान्त पार्न महिला वसेको स्थानको वरीपरी सिल गरेर परिक्षण सुरु गरिएको हो ।

सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया ती महिला सुत्केरी हुनु अघिसम्म गोंगबुमै बस्दै आएकी थिइन् । उनी वसेको वडाको आसपासको वडामा समेत सिल गरेर प्रारम्भिक आरििडटी र पिसिआर परिक्षण गरिएको जनाइएको छ । उनी बस्ने डेरा गोंगबु क्षेत्र टोखा नगरपालिका वडा नम्बर ९ मा पर्छ। स्वास्थ्य मन्त्रालयले उनको निधनको कारण कोरोना भनेर पुष्टि गरेपछि टोखा नगरपालिकाले उच्च सतर्कता अपनाएको जनाएको छ ।

नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाले त्यो क्षेत्रमा सिल गर्ने काममा सहयोग गरेका छन् । नगरपालिकाले सो क्षेत्रमा सिल गरिएको र चिकित्सकको टोली सो टोलमा जान लागेको जनाएको छ । टोखा नगरपालिकाकी उपमेयर ज्ञानमाया डंगोलले उच्च सतर्कता अपनाएको जनाएकी छन् । उनी गोंगबुवाट हिडेरै सुत्केरी हुन शिक्षण अस्पताल पुगेकी थिइन् । सो क्षेत्रका र कन्ट्रयाकमा रहेकाहरुको पिसिआर परिक्षण गरिएको उनले बताएकी छन् ।

तर ती महिला सुत्केरी हुन वैशाख २२ गते त्रिवि शिक्षण अस्पताल ९महाराजगन्ज० गएको र त्यहाँ बच्चा जन्माइसकेपछि सीधै घर सिन्धुपाल्चोकको बाह्रबिसेस्थित राम्चे गएको बताइएको छ । त्यसपछि उनलाई स्वासप्रस्वासमा समस्या भएपछि धुलिखेल अस्पताल लगिएको थियो । उनी शिक्षण अस्पतालवाट १० दिन पछि राम्चे गएको बताइएको छ ।

संसारभर फैलिएको यो नयाँ भाइरसका कारण नेपालमा ज्यान गुमाउने उनी पहिलो नेपाली हुन्। ९ दिने ती सुत्केरीको स्वाब धुलिखेल अस्पतालमा पहिलो पटक परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । फेरी टेकु अस्पतालमा नमूना दोहोर्याएर परीक्षण गर्दा पनि कोरोनाकै कारण निधन भएको पुष्टि भएको चिकित्सकले बताएका छन्। स्वास्थ्य मन्त्रालयले शनिबार राती मात्र उनको निधन कोरोनाबाट भएको पुष्टि गर्दै यस रोगबाट निधन हुने उनी पहिलो नेपाली रहेको जनाएको छ।

ती महिला काठमाडौंमा तरकारी व्यवसायी गर्दै आएकी थिइन। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चे घर भएकी उनी गर्भवती भएका कारण लकडाउनको बेला पनि नियमित जाँचका लागि काठमाडौंमै बसेकी थिइन।

सरकारले चैत ११ गते लकडाउन घोषणा गर्दा उनको बच्चा जन्माउने मिति नजिकिँदै थियो। त्यही कारण पहिलो सन्तान ११ वर्षको छोरालाई सिन्धुपाल्चोकको बाह्रबिसे घरमा पठाएर उनी र श्रीमान काठमाडौंको गोंगबुस्थित डेरामा बसेका थिए। २९ वर्षीय ती महिलाका श्रीमान पहिले सेनामा थिए भने अहिले काठमाडौंकै एक कम्पनीमा सुरक्षा गार्डका रुपमा काम गर्छन्।

Leave A Reply

Your email address will not be published.