नेपालमा शक्तिशाली चक्रवातकाे सम्भावना, सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अपिल

0

मौसम पूर्वानुमान महाशाखाले बंगाल खाडीको मध्य भागमा अंपुन नामको आँधी अर्थात् चक्रवात विकास भैसकेको र त्यसको असर नेपालमा पनि देखिने भन्दै सतर्कता अपनाउन अपिल गरेको छ ।

महाशाखाले साेमबार विशेष मौसमी बुलेटिन निकाल्दै अंपुन चक्रवात धेरै नै शक्तिशाली रुपमा विकसित भैसकेको र मंगलबारदेखि त्यसको असर नेपालमा पनि देखिने भएकाले सतर्क रहन आग्रह गरेको हो ।

महाशाखाका अनुसार उक्त चक्रवातको असरले पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २-३ दिनसम्म देशै भरि बदली भई केहि स्थानमा वर्षा र हिमपात हुन सक्नेछ ।

भारतीय मौसम विभागका अनुसार’अम्फान’ नाम दिइएको यस चक्रवातका कारण १९ मे देखि आँधी र भारी वर्षा हुने छ । यो चक्रवात पश्चिम बंगाल र ओडिसा हुँदै उत्तरपूर्वतिर सर्ने भारतिय मौसम विज्ञान विभागले जनाएको छ । यस चक्रवातले सबै भन्दा बढी भारतको उडिसा र बंगलादेशमा बढी क्षति गर्ने छ । नेपालको पूर्वी क्षेत्रमा चक्रवातको बढी असर पर्ने छ ।

उक्त चक्रवात अहिले १३ किलोमिटर प्रतिघन्टाका दरले उत्तरतिर सरिरहेको छ। मे १९ देखि चार दिन २१ मे सम्म चक्रवातले प्रभाव पार्ने नेपालको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.