कपिलवस्तु आजबाट जेठ २० गतेसम्म ‘सिल ‘

0

कपिलवस्तु । कपिलबस्तुमा भारतवाट भित्रनेको संख्या बढेसंगै कोरोना संक्रमितको संख्या पनि बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न जेठ २० गते सम्मका लागि जिल्ला सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै जाने जोखिम बढेपछि यस्तो निर्णय गरिएको हो । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले जेठ २० गते सम्मका लागि जिल्ला सिल गर्ने निर्णय गरेको छ । सरकारले पनि कोरोना फैलन नदिन मुलुकभर जेठ २० गते सम्मका लागि कलडाउनको निर्णय गरेको छ । सरकारको सोही निर्णयसंग मेल खानेगरी जिल्ला सिलको निर्णय गरएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताएका छन् ।

जिल्लामा अब आवश्यकीय सवारी साधनबाहेक सबै सवारी साधनलाई पूर्णरुपमा रोक लगाइने प्रजिअ पौडेलले बताए । राजमार्ग क्षेत्रमा चल्ने सवारी साधनलाई कपिलवस्तु जिल्लामा रोक्न पाइने छैन । मानिसलाई चढाउने र यात्रु झार्ने काम गर्न पूर्णत रोक लगाइएको छ ।

अति आवश्यकीय सामग्री, खाद्यान्न र औषधि खरिदका लागि सातामा ३ दिन मात्र २ घण्टा मात्र पसल खोल्ने निर्णय गरिएको छ । साताको सोमबार, बुधबार र शनिबार बिहान ७ बजेदेखि ९ बजे सम्मका लागि आवश्यक सामान किन्नका लागि पसल खोल्न पाइने छ । त्यसका लागि पनि निर्देशित नियमको पालना गर्नुपर्नेछ । नियम उल्लंघन भए कारवाही गरिने प्रजिअ पौडेलले बताएका छन् । गृह मन्त्रालयले जारी गरेको पार पनि कपिलबस्तुमा लागू हुने छैनन् ।

Leave A Reply

Your email address will not be published.