झापामा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५८ पुग्यो
झापा। झापामा थप एक जनामा कोरोना देखिएको छ। केही दिनअगाडि भारतबाट आएका झापा कचनकवल गाउँपालिकाका २३ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
भारतबाट गाउँपालिकामा आएका ६० जनाको नमुना संकलन गरी पठाएकोमा एक जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। योसहित देशभर संक्रमितको संख्या ३५८ पुगेको छ।