ओली सरकारले गर्यो ऐतिहासिक निर्णय, लिम्पिाधुरा सहित समेटेर नक्सा पारित
काठमाडौं । मन्त्री परिषद बैठकले लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त नक्सा पारित गरेको हो। बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्साको प्रस्ताव गरेकी थिइन्
आज नेपाल सरकारको मन्त्रिपरिसदको निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिनेनै छ । आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भाईरहने छ । धन्यवाद प्रम केपी शर्मा ओली !
— Yogesh Bhattarai (@yogesbhattarai) May 18, 2020
मन्त्रिपरिषद् बैठक जारी, भोलि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नेे!
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकले विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्नेबारे निर्णय गर्ने छ।
सरकारले लकडाउन जारी गरेपछि धेरै नेपाली अहिले विदेशमै रोकिएका छन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रतिनिधिसभामा मंगलबार जवाफ दिने विषयमा पनि छलफल भइरहेको बताइएको छ।