लकडाउन लम्बिएपछि गृह मन्त्रालयले दिए चार निर्देशन

0

काठमाडौं। गृह मन्त्रालयले कोरोना भाइरस रोकथामका लागि जारी गरिएको लकडाउनको पालना गर्न आह्वान गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकले लकडाउन जेठ २० गतेसम्मका लागि लम्ब्याएकोमा उक्त निर्णय पालना गर्न भनेको हो।

गृहका चार निर्देशन १.बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारी मार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्‍चालन गर्ने।

२. अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरूमा अति आवश्यक पर्ने न्यूनतम कर्मचारीहरूलाई आलोपालो मिलाई तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको अनुशरण गरी कार्यालय सञ्‍चालन गर्ने ।

३. अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालयका लागि सम्बन्धित मन्त्रालयरनिकायको सचिव र अन्य निकायको लागि सम्बन्धित निकायको प्रमुखको सिफारिसमा नियामक निकायले त्यस्ता कार्यालयमा रहेको कुल सवारी साधनहरूमध्ये एक चौथाई सख्यामा नबढ्ने गरी सवारी पास उपलब्ध गराउने।

४.प्रकरण (३) मा तोकिएको बाहेक उपत्यका बाहिरको हकमा सम्बन्धित कार्यालय प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले सावधानीपूर्वक सकेसम्म न्यूनतम सवारी साधन सञ्चालन हुने नीति लिई सवारी पास उपलब्ध गराउने।

Leave A Reply

Your email address will not be published.