झापाका कोरोना संक्रमित पुरुष निको भई अस्पतालबाट डिस्चार्ज

0

काठमाडौं। नेपालमा थप एक जनाले कोरोनाभाइरसलाई जितेका छन् । कोसी कोरोना उपचार केन्द्रमा कोरोनाको उपचार गराइरहेका झापा दमक ३ का ६२ वर्षीय देउमान मङ्ग्राती निको भई डिस्चार्ज भएका हुन्।

वैशाख १२ गते अस्पतालमा भर्ना भएका मङ्ग्रातीको कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जनाइएको छ । उनी २५ दिनको उपचारपछि ठिक भएका हुन्।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएाके छ। यससँगै प्रदेश १ बाट कोरोनाको उपचारपछि निको भई डिस्चार्ज हुनेको संख्या १८ पुगेको अस्पतालले जनाएको छ।

Leave A Reply

Your email address will not be published.