कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि, चारैजना भारतको मुम्बैबाट फर्केका थिए

0

कपिलवस्तु, ६ जेठ । कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार जिल्लाकाे मायादेवी गाउँपालिका वडा नं ४ का ३ जनामा तथा साेही गाउँपालिका वडा नं ३ का १ जनामा संक्रमण देखिएकाे हाे । यससंगै जिल्लामा कोरोना संक्रमतिको संख्या ४७ पुगेको छ ।

केही दिनअघि भारतबाट फर्किएर मायादेवी गाउँपालिकाले बनाएकाे जनता प्राविमा रहेकाे क्वाररेन्टाइनमा बस्दै आएका थिए । पीसीआर परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएकाे हाे

गाउँपालिका स्वास्थ्य संयोजक महेन्द्र प्रसाद यादवका अनुसार संक्रमितहरू एक जना २० वर्षीय युवक रहेका छन् भने अन्य तीन जना ४०, ४२ र ४५ वर्षका पुरुष हुन् ।

प्रदेश नम्बर ५ को जन स्वास्थय प्रयोगशला भैरहवामा गरिएको पिसिआर परीक्षणपछि उनीहरूका संक्रमण पुष्टि भएकाे हाे । यससँगै मायादेवीमा मात्रै नौ जना कोरोना संक्रमित भएका छन् ।

चाेरबाटाे हुँदै भित्रिए

चार जना नै भारतको मुम्बैबाट बैशाख तेश्रो साता चोर नाका हुँदै जिल्ला फर्केका थिए । उनीहरुलाई स्थानीयको सहयोगमा प्रहरीले क्वारेन्टाइनमा लगेको थियो । संक्रमित ४ जना नै क्वारेन्टाइनमा १४ दिन बसेपछि गत शनिबार -यापिट टेस्ट गर्दा समेत पोजेटिभ देखिएको स्वास्थ्य संयोजक यादवले बताए ।

गत आईताबार उनीहरुको स्वाब संकलन गरी पठाइएको थियो । वडा नम्बर ४ का ३ जना पुरुष त्यही वडामा रहेको जनता प्राबि सानो पिपरा तथा वडा नम्बर ३ का संक्रमित गाउँपालिकाको वडा नम्बर १ स्थित छत्रपाली तिर्थादेवी उमाबिको क्वारेन्टाइनमा छन् ।

अस्पताल भरिभराउ बुटवल र भैरहवामा रहेको कोरोना अस्पताल भरिभराउ भएपछि संक्रमितलाई कुन अस्पतालमा लैजने भन्ने अन्यौल बढेको छ । साेमबार पनि सोही गाउँपालिकाका थप पाँच जनामा आरटिडी पोजेटिभ देखिएपछि पिसिआरका लागि स्वाब संकलन गरी भैरहवा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

जिल्लाको यशोधरामा १२, कपिलवस्तु नगरपालिकामा ९, बुद्धभुमिमा ४, कृष्णगनरमा ८, शिवराजमा ३, बिजयनगरमा १, बाणगंगामा १ जना संक्रमित भेटिएका छन् । संक्रमित ४७ मध्ये ४५ पुरुष र २ महिला हुन् ।

Leave A Reply

Your email address will not be published.