कपिलवस्तुकी संक्रमित नर्सको एक सातामै रिपोर्ट नेगेटिभ, कोरोनालाई जितेको डाक्टरको भनाइ

0

कपिलवस्तु, ६ जेठ । आठ दिन अघि कोरोना संक्रमणको पुष्टि भएकी कपिलवस्तु अस्पतालमा कार्यरत २५ बर्षीया स्टाफ नर्सको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।गत बैशाख २७ गते उनीसहित कपिलवस्तु नगरपालिकाका १ सय ३ जनाको स्बाव संकलन गरिएपछि नर्ससहित ८ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।अस्पतालको आइसोलेनमा उपचारत नर्सको दाश्रोे पटक गत बैशाख १ र तेश्रो पटक गत बैशाख ४ गते पुनः स्वाब सकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो ।

अहिले दुबै रिपोर्ट नेगेटिभ आएको अस्पतालका निमित्त मेसु डाक्टर गणेश क्षेत्रीले बताउनुभयो । ‘नर्सको अवस्था सामान्य छ र अहिले पनि उनीमा कोरोनाको कुनै लक्षण देखिएको छैन’ उहाँले भन्नुभयो ।कोरोना सम्बन्धी विश्व स्वास्थय संगठनले जारी गरको निर्देशिका र मापदण्ड अनुसार आइसोलेनमा राखेको १४ दिन पुगेपछि नर्सलाई घर फर्काइने पनि उहाँले बताउनुभयो ।अस्पतालको प्रसुति शाखा र बार्डमा कार्यरत नर्सलाई कसरी कोरोना संक्रमण भयो भन्नेमा अझै पत्ता नलागेका पनि डाक्टर क्षेत्रीले बताउनुभयो ।लकडाउनको समयमा उनी तौलिहवा रहेको घरबाट आउजाउ गर्ने गर्थिन ।

आइसोलेनमा रहेकी नर्सलाई अब छिट्टै काममा फर्काउने उहाँले बताउनुभयो । नर्ससंग नजिक रहेर काम गरेका तथा नर्सका परिवार गरी १ सय ११ जना कै रिपोर्ट नेगेटिभ आए पछि बुधवारदेखि कपिलवस्तु अस्पताल नयाँ ढंगले सञ्चालन गरिने भएको छ ।नर्स संक्रमित भएपछि गत शुक्रवारबाट सेवा बन्द गरिएको थियो । अस्पतालको मंगलबार पूर्ण निर्मलीकरण गरिएको र बुधवारदेखि सेवा प्रारम्भ गरिने डाक्टर क्षेत्रीले जानकारी दिनुभयो ।संक्रमणलाई मध्यनजर गर्दै फोन मार्फत प्रि बुकिङ गरी ओपीडी लगायतका सेवाहरु दैनिक ४० जनालाई दिने निर्णय भएको मेसु डाक्टर क्षेत्रीले बताउनु भयो ।

एक बिरामीको एक कुरुवा मात्र राख्न दिने तथा आकस्मिक र प्रसुति सेवा चौबीसै घन्टा खुला राखिने भएको छ ।प्री बुकिङकालागि बिहान ८ बजे देखि दिउसो ४ बजे सम्म ९८२१५६८३१४, ९८५७०५१०५४ मा सम्पर्क गर्न पनि अस्पतालले सर्वसाधारण सबैलाई आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.