विश्वकै सुन्दर महिला सूचीमा मनिता

0

काठमाडौं । मिस नेपाल–२०१८ मनिता देवकोटा विश्वकै सबैभन्दा सुन्दर महिला सूचीमा छनोट भएकी छन् । उनी हाल अमेरिका बस्दै आएकी छन् ।

भारतीय टेलिभिजन जी न्युजका अनुसार ‘मिस युनिभर्सकी’अन्तर्गत ‘उत्कृष्ट दस’मा परेकी मनितालाई ‘संसारकै सबैभन्दा सुन्दर महिला सूची’मा समावेश गरिएको हो ।

थाइल्यान्ड बैंककमा सन् २०१८ को ‘मिस युनिभर्स’को ‘नेसनल गिङ्खट एक्सन’मा पहिलो पुरस्कार पाएकी मनिता क्याम्पस जीवनमा खर्च जुटाउन दुई ठाउँ काम गर्थिन् । उनी अहिले कैयौं संस्थासँग जोडिएकी छन् ।

दर्शकमाझ रामुको सोझोपन

संगीतकार रामु खड्काको गीत सोझोपन दर्शकमाझ आएको छ । संगीतकारका रूपमा क्रियाशील खड्का गायकका रूपमा समेत देखिएका छन् । सार्वजनिक गीतमा नेपाली लोक तथा दोहोरी गायिका विष्णु माझीसँग उनले आवाज दिएका छन् ।

लोकदोहोरीमा नयाँ प्रयोग गर्ने संगीतकारका रूपमा परिचय बनाएका खड्काले पुरानो धारमा चलेको लोकसंगीतलाई नयाँ मोडमा ल्याएको विश्वास गरिन्छ । गीतमा शब्द सन्ध्या केसी र संगीत स्वयं खड्काकै छ । कपिल लामाको निर्देशन रहेको गीतमा सारिका केसी र हरिकुमार श्रेष्ठले अभिनय गरेका छन् ।

त्यस्तै, सुरेश श्रेष्ठको छायांकन र अमर शाक्यले सम्पादन गरेका छन् । जसलाई मालती डिजिटल प्रालिले बजार व्यवस्थापन गरेको हो ।

Leave A Reply

Your email address will not be published.