वास्तवमा सबैजना भएर पनि यहाँ हर कोहि एक्लो छ

0

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी पूर्णिका शाह पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन् । थाइल्यान्डमा इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत १९ वर्षीया पूर्णिका शाहलाई सामाजिक सञ्जालमार्फत धेरैले पछ्याएका छन् ।

उनी आफ्ना सामाजिक सञ्जालमा तस्बिर र स्टाटसहरु अपडेट गरिरहन थालेकी छिन् । मंगलबार पनि पूर्णिका शाहले सामाजिक सञ्जालमा एक स्टाटस लेखेकी छिन् । उनले स्टाटसमा जीवन सरल र सुखि बनाउने उपायका बारेमा बताएकी छिन् । उनले लेखेकी छिन् –

जीवन सुन्दर बनाउने उपाय

वास्तवमा सबैजना भएर पनि यहाँ हर कोहि एक्लो छ । उसको वास्तविक ब्यथा सुनाउने र सुनिदिने कोहि छैन ।

हामी एक्लै जन्मिएका हौं र एक्लै यो संसारबाट जान्छौं भन्ने पनि सबैलाई थाहा छ । यी बिचका नाता केवल दुई दिनको लागि हुन् भन्ने पनि थाहा छ तर, किन पटक-पटक यहि दुई दिनको नाताबाट चोट खेपिरहन्छ मान्छे ?

आफ्नो असल साथी केवल आफैं मात्र हो । पहिले आफुलाई पूर्ण रुपले चिनौ । बाँकी सबैसङ्गको कर्तब्य पालन गरौं । माया र प्रेम गरौं तर, कसैबाट आश नगरौं ।

यहि नै जीवन सरल र सुखि बनाउने एक मात्र उपाय हो । कर्तब्य पालनले धर्म बढ्छ र आशाको त्यागले जीवन सुन्दर हुन्छ ।

जय देश । जय जननी जय पशुपतिनाथ

Leave A Reply

Your email address will not be published.