काठमाडौंको कालीमाटी वृत्तमा कार्यरत दुईजना प्रहरीमा कोरोना पुष्टि

0

काठमाडौं । काठमाडौंमा दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । कालीमाटी वृत्तमा कार्यरत दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । उनीहरुको रिपोर्ट राति अबेर आएपछि अहिले सशस्त्र प्रहरीको कोरोना अस्पताल बलम्बुमा लगेर आइसोलेसनमा राखिएको छ ।कालीमाटी वृत्तमा करिब ९० जना प्रहरी रहेको र बाँकी प्रहरीको आज पीसीआर टेष्ट गराउने तयारी भइरहेको छ ।काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले पनि दुईजना प्रहरीमा कोरोना देखिएको पुष्टि गर्दै आइसोलेसनमा राखिएको बताए ।

अन्य समाचार : नेपालमा कोरोना संक्रमितको संख्या ४०२ मात्रै ६ जेष्ठ २०७७, मंगलवार काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३ पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाकारी दिएका छन्। सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमितकाे संख्या ४ सय ३ पुगेको बताएका हुन्। उनले भने ‘अहिलेसम्म चार सय ३ हुन सक्ने सम्भावना रहेकाे जानकारी आएको छ तर कन्फर्म आइसकेकाे छन्।’प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएकाहरुका कडा खालको कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै उनले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताए । उनले भने, ‘तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।’पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको उनले बताए । यसरी आएकाहरु लुकेर बस्दा झन समस्या भएको उनेल बताए ।नोट- मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ४०२ जनामा कोरोना संक्रमण भएको जनकारी दिएका छन ।

Leave A Reply

Your email address will not be published.