भक्तपुरमा पहिलोपटक स्थानीयमै संक्रमण भेटियो

0

भक्तपुर, ७ जेठ । भक्तपुर जिल्लामा पहिलोपटक एक स्थानीयमा कोरोना भाइरस संक्रमण भएको पता लागेको छ ।

भक्तपुर नगरपालिका वडा नं ५ भेलुखेल (योसीखेल)मा बस्ने ४२ वर्षीय पुरुष जेठ ६ गते कोरोना भाइरस संक्रमित भएको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको हाे । उनी काठमाडौं महानगारपालिकाका सफाई कर्मचारी रहेको महानगरीय प्रहारी परिसर भक्तपुरका प्रमुख सविन प्रधानले बताए ।

संक्रमित व्यक्तिलाई गएराति १ः३० बजे काठमाण्डौंको बलम्वुस्थित सशस्त्र प्रहरीको अस्पतालमा लगिएको र संक्रमित बस्ने क्षेत्रमा कट्याक्ट ट्रेसिंङ गरेर सो क्षेत्रलाई सिल गरिएको एसपी प्रधानले बताए ।

एक हप्ताभित्र भक्तपुर जिल्लामा ३ जना संक्रमित भेटिएका छन् । मंगलबार भक्तपुर नगरपालिका वडा नं.५ भेलुखेल (योसींखेले)मा १ जना पुरुषमा भाइरस संक्रमित भएको पुष्टि गरेको हो ।

यसअघि गत बैशाख ३१ गते भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका शंखधर चोकमा कोठा भाडामा लिएर बस्ने एक २५ बर्षीय महिलामा र चाँगुनारायण नगरपालिका दुवाकोटमा बस्ने एक पुरुषमा कोरोना भाइरस भेटिएको थियो ।

Leave A Reply

Your email address will not be published.