काठमाण्डौमा पहिलोपटक यस्ता ब्याक्तिलाई कोरोना संक्रमण भएको पुष्टी !

0

काठमाडौँ – महानगरीय प्रहरी वृत कालिमाटीमा कार्यरत दुई प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वृत प्रमुख रुगम कुँवरले एक जना नायब निरीक्षक-सई र एक जवानलाई कोरोना संक्रमण भएको पुष्टि गरे। वृत, त्योसँगै रहेको ट्राफिक कार्यालय र महिला सेललाई सिल गरिएको कुँवरले जानकारी दिए। र्‍यापिड टेस्टमा पोजेटिभ पाइएपछि गरिएको पिसिआर टेस्टले उनीहरूमा संक्रमण भएको पुष्टि गरेको हो।

दुई प्रहरीमा के कसरी संक्रमण हुन पुग्‍यो भन्ने बारेमा थाहा हुन नसकेको उनको भनाइ छ। अब ती प्रहरीको कन्ट्याक्ट ट्रेसिङपछि थप कदमका बारेमा थाहा हुने बताए। मंगलबार मात्रै सुनसरीमा खटिएका एक जना सशस्त्र प्रहरी र धनकुटा जिल्ला अस्पतालमा खटिएका एक जना प्रहरीमा संक्रमण देखिएको थियो। काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी अधिकारीलाई कोरोना संक्रमण भएको यो पहिलोपटक हो।

भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बिहान प्रहरीले ‘सिल’ गरेको छ । भेलुखेलका ४२ वर्षीय एक पुरुषलाई कोरोना परीक्षणमा पोजेटिभ देखिएपछि उहाँलाई मध्यराति १ बजे आइसोलेटेड एम्बुलेन्समा राखेर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकामा सवारी चालकको काम गर्दै आएका उनको महानगरपालिकाले यही जेठ २ गते स्वाब सङ्कलन गरी पिसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले मङ्गलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । मध्यराति पहिचान भएपछि सुरक्षा निकायले आज बिहान ८ बजे भेलेखेल पुगेर बस्ती सिल गरेको छ ।

Leave A Reply

Your email address will not be published.