३ बर्षीय बालकसहित पुनः २५ संक्रमित थपिए, संक्रमितको संख्या ४ सय २७ पुग्यो

0

काठमाडौं, ७ जेठ । आज पनि नेपालमा थप २५ जनामा कारोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

आज थपिएका संक्रमितमा ३ बर्षीय बालकसहित १८ पुरुष र ७ महिला छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप २५ संक्रमित थपिएको पुष्टि गर्नुभयो ।

उहाँका अनुसार आज थपिएका संक्रमितहरुमा बाँकेमा ६ जना पुरुष, धनकुटामा एक महिला र ४ पुरुष गरी ५ जना, कपिलवस्तुमा ३, ४ र ६ बर्षीय बालबालिकासहित १३ जना र पश्चिम नवलपरासीमा १ जना पुरुष रहेका छन् ।
थपिएका संक्रमितको उमेर ३ देखि ४८ बर्ष रहेको पनि प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

परीक्षणको कुनै शुल्क तोकिएको छैन : स्वास्थ्य मन्त्रालय

प्रवक्ता देवकोटाले परीक्षणको दायरा बढाउन निजी तथा गैरनाफामुलक अस्पतालहरुलाई पनि परीक्षण गर्न अनुमति प्रदान गरिए पनि कुनै शुल्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नतोकेको प्रष्ट पार्नु भएको छ ।

उहाँले आरडीटी र पीसीआर विधिबाट परीक्षण गर्नका लागि नीतिगत निर्णय मात्र भएको तर कुनै मूल्य मन्त्रालयले नतोकेकोले यस्मा प्रष्ट हुन पनि आग्रह गर्नु भएको छ ।

क्रिमशन अस्पतालमा उपचाररत संक्रमित गम्भीर : स्वास्थ्य मन्त्रालय

प्रवक्ता देवकोटाले रुपन्देहीको क्रिमशन अस्पतालमा उपचाररत गुल्मीका संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी पनि दिनुभयो ।

तर संक्रमितको मृत्यु भन भइनसकेको प्रष्ट पार्दै उपचाररत विरामीको अवस्थालाई लिएर गम्भीर बनिदिन पनि सञ्चार माध्यम र सबै क्षेत्रलाई आग्रह गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.