बन्दाबन्दी उल्लंघन गरेर बाहिर निस्केका तीन सय सडकमै रोकीए

0

लमही, ७ जेठ – दाङको तुलसीपुरमा बन्दाबन्दी उल्लंघन गरेर अनावश्यक काममा बाहिर निस्केका तीन सयभन्दा बढी मानिसलाई प्रहरीले रोकेर राखेको छ । कोरोना भाइरसको जोखिम बढेसँंगै अत्यावश्यक कामबाहेक बाहिर निस्किने र बन्दाबन्दी उल्लंघन गर्नेलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले रोकेर सचेतना कक्षा दिएको हो ।

प्रहरीले उल्लङ्घनकर्तालाई जहाँ भेटिन्छ त्यहीँ रोकी सचेतनाको पाठ पढाएर जहाँबाट आएको हो त्यतै फर्काएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडम्बर पालले जानकारी दिनुभयो । यसैबीच तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले अत्यावश्यक काममा मात्रै संयम भई सुरक्षा अपनाएर घर बाहिर निस्कन अनुरोध गर्नुभएको छ ।(रासस)

Leave A Reply

Your email address will not be published.