प्रदेश १ मा पुनः २ जनामा कोरोना संक्रमण, धरानमा पहिलो पटक भेटिए संक्रमित
विराटनगर, ७ जेठ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ पुगेको छ भने वुधवार मात्र ७ जनामा कोरोना संक्रमण देखिएको छ ।
विराटनगर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटाका १ र धरानका १ जनालाई कोरोना पोजिटिभ देखिएको सामाजिक मन्त्रालय स्रोतले बताएको छ । धरानमा देखिएको यो पहिलो केस हो ।
प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको छ । १ नं। प्रदेशमा तीन ठाउँबाट पीसीआर परीक्षण भइरहेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्ककाअनुसार बुधबारसम्म पीसीआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ । आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।
कोरोन संक्रमीतको सख्या बढेसंगै प्रदेशका विभिन्न अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको छ भने विराटनगरस्थित कोभिड उपचार केन्द्रमा संक्रमितहरुको उपचार गरीदै आएको छ ।
विराटनगरस्थित कोभिड उपचार केन्द्रबाट वुधवारसम्म २६ जना कोरोना मुक्त भएर गइसकेका छन् ।