संक्रमितको संख्या ४२७ पुग्यो

0

काठमाडौँ, ७ जेठ । कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । बुधबार नयाँ २५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको हो । उनीहरुको उमेर ३ देखि ४८ वर्ष उमेरको रहेको छ । जसमा १८ जना पुरुष र ७ जना महिला छन् ।मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले दिएको जानकारीअनुसार संक्रमित हुनेमा धनकुटाका ५ जना रहेका छन् । उनीहरुको उमेर २८, २९, ३५ र ३७ वर्षका पुरुष र एकजना २४ वर्षीय महिला रहेका छन् ।

त्यसैगरी बाँके नरैनापुर बस्ने १७, २०, २८ र ३० वर्षीय ६ जना पुरुष र खजुरा ५ का २७ वर्षीय पुरुष रहेका छन् । त्यसका साथै कपिलवस्तुमा १३ जनामा र नवलपरासीमा थप १ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४५ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडिटी विधिबाट ७५ हजार ७२ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ३५ हजार ४ सय ९४ परीक्षणहरु छ ।

Leave A Reply

Your email address will not be published.