थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४३४ पुग्यो

0

काठमाडौं। थप सात जनामा कोरोनाभाइरस पुष्टि भएको छ। प्रदेश १को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो।

त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटा र र धरानका १–१ जनालाई कोरोनाभाइरस पुष्टि भएको हो। यीसहित कुल संक्रमितको संख्या ४३४ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या ४५ छ।

अन्य समाचार : धरानमा पनि भेटियो कोरोना संक्रमित धरान। धरान उपमहानगरपालिका कि एक महिलामा काेराेना संक्रमण भएकाे छ । विपि काेरइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा भएकाे परीक्षणमा धरान १३ कि ५२ वर्षीय महिलामा काेराेना संक्रमण देखिएकाे हाे ।

ती महिला हिजो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडीमा श्रीमानलाई जाँच गराउन पुगेकी थिइन । कोरोना टेष्ट गराउन त भनेर जाँच गराएको जानकारी दिइएकी इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । स्वाब परीक्षणकालागि नमुना दिएर उनी श्रीमानसँगै घर गएकी थिइन ।

डिएसपी न्यौपानेको सम्पर्कमा आएकी ती महिलाले रिर्पोट पोजेटिभ आयो भन्दा आफै छक्क परेकीछन् । केही कतै नगएको र घरमा नयाँ मान्छे पनि कोही नआएको आवस्थामा कसरी पोजेटिभ भयो भनेर उनले प्रश्न गरेकी थिइन । डिएसपी ढुण्डीराज न्याैपानेका अनुसासार उन उनकाे कन्ट्याक ट्रेसिङ गर्नेकाम भइरहेकाे छ । याे सँगै सुनसरीमा स‌क्रमितकाे स‌ख्या ४ पुगेकाे छ ।

Leave A Reply

Your email address will not be published.