भर्खरै गुल्मीका कोरोना संक्रमित मृ’त्यु, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुग्यो !

0

बुटवल । रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको पुरुष मृ’त्यु भएको छ ।भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार विहान मृ’त्यु भएको अस्पतालले जनाएको छ ।यसैगरी प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमासंकर चौधरीले पनि उनको मृ’त्यु भएको पुष्टि गरे । उनको बिहान ७ बजे मृ’त्यु भएको बताएका छन् ।मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नं। ६ का ४१ बर्षका पुरुष हुन् ।उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेको थियो ।

गत जेठ १ गते उनी अस्पतालमा भ’र्ना भएका थिए भने २ गते उनको स्वाब परीक्षणमा कोरोना संक्रमण देखीएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो । यो सँगै नेपालमा कोरोना संक्रमित भएर मृ’त्यु हुनेको संख्या ३ पुगेको छ ।शिक्षण पेशामा रहेका उनी बि’रामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए ।

Leave A Reply

Your email address will not be published.