Breaking: फेरी थपिए १७ कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या ४४४ पुग्यो

0

काठमाडौं, नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप १७ जनालाई कोरोना पुष्टि भएको हो । वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, बिराटनगरमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या सत्र (१७) छ । जो झापा, कचनकवल गाउँपालिका-३, ६, ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ पुरुषहरू; धनकुटा निवासी ३४ वर्षीय पुरुष; सुनसरी, धरान उप-महानगरपालिका निवासी ५१ बर्षीय महिला हुनुहुन्छ ।

हाल सम्म प्राप्त विवरण अनुसार उहाँहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँहरू स्वास्थ्यकर्मीको सम्पर्कमा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले बताउनु भएको छ ।नेपालमा कोरोना संक्रमित मध्ये हाल सम्म ४५ जना निको भएर घर फर्किएका छन् ।त्यस्तै नेपालमा कोरोना बाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.