गुल्मीका कोरोना संक्रमितको मृ’त्यु भएको मन्त्रालयद्वारा पुष्टि

0

काठमाडौं । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारत अवस्थामा गुल्मीका कोरोना संक्रमित पुरुषको मृ’त्यु भएको छ। उनको बिहीबार बिहान सबा ८ बजे मृत्यु भएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको हो। उहाँ शिक्षक हुनुन्थ्यो ।योसंगै नेपालमा कोरोना संक्रमणका कारण मृ’त्यु हुनेको संख्या ३ पुगेको छ । उहाँको श’व व्यवस्थापनको तयारी भइरहेको थालिएको अस्पताल स्रोतले जनाएको छ। उहाँ स्वास्थ्यमा समस्या देखिएपछि जेठ १ गते अर्घाखाँचीको सन्धिखर्क्स्थित छाया पोलिक्लिनिकमा जानुभएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि बुटवल जानुभएको थियो । बुटवलमा भर्ना भएको १२ घण्टापछि भेन्टिलेटरमा राखिएको थियो । जेठ २ गते स्वा’ब संकलन गरी भैरहवास्थित प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा जेठ ५ गते कोरोना कोरोना संक्रमणको पुष्टि भएको थियो। अस्पतालले पनि केहि बेरमा बिज्ञेप्ती जारी गर्ने तयारी गरेकाे छ ।तस्बिर : फाइल

Leave A Reply

Your email address will not be published.