जिउँदाे कोरोना संक्रमितको मृ’त्युको खबर लेख्ने ३९ अनलाइन का’रबाहीमा

0

काठमाडौं- रूपन्देहीकाे किमसन अस्पतालमा उपचार गराइरहेका गुल्मीका कोरोना संक्रमितको मृ’त्यु भएको भन्दै खबर प्रकाशित गर्ने ३९ वटा अनलाइनलाई नेपाल प्रेस काउन्सिलले का’रबाही गरेको छ।८ वटा अनलाइन नेपालभित्र प्रसारण नहुने गरी ब’न्द गरिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए। उनले भनेका छन परिवारलाई त’नाव हुनेगरी ह’तारोको,झूठो समाचार सम्प्रेषण गर्ने ३९ वटा अनलाइन सन्चार माध्यमलाई ग’ल्ती नदोहोर्‍याउन कडा निर्देशन दिइनुका साथै ८ वटालाई नेपालभित्र प्रशारण नहुने ब्यवस्था मिलाइएको छ ।

प्रेस काउन्सिलको इतिहासमा पत्रकार आ’चारसंहिताअन्तर्गत एकै दिन यतिधेरै का’रबाही भएको यो पहिलो घ’टना हो। बुधबार विभिन्न अनलाइनले गुल्मीका कोरोना संक्रमित शिक्षकको मृ’त्यु भएको भनी खबर प्रकाशित गरेका थिए। जिउँदो ब्यक्तिको मृ’त्यु भएको भ्रा’मक खबर प्रकाशित गर्ने अनलाइनलाई काउन्सिलले का’रबाही गरेको हो ।

Leave A Reply

Your email address will not be published.