मुस्लिम संगठनको आह्वान, ुपुरानै लुगा लगाएर रमजान र उपासना गरौं, त्यसवाट बचेको पैसाले विपन्न र भोकाएकाहरुलाई महादान गरौुं

0

नेपालगन्ज। मुस्लिम संगठन नेपालले कोरोनाले निम्त्याएको विषम परिस्थितीकाबीच आएको आफुहरुको पवित्र चाज रमजान सादगीका साथ मनाउन समुदायमा अपिल गरेको छ । मुस्लिम समुदायको निकै महत्वको महिना रमजान अहिले जारी छ । रमजानमा नयाँ र पवित्र लुगा लगाउने प्रचलन छ । मुस्लिम संगठनले कोरोना महामारीका कारण निम्तिएको विषम परिस्थितीमा आफ्ना धर्म संस्कार पनि सादगीका साथ मनाउन आग्रह गरेको छ ।

संगठनले रमजान र उपासना ९इवादत० को समयमा पुरानै लुगा लगाएर त्यसवाट बचेको पैसाले असहाय वा विपन्नलाई सहयोग गर्न अपिल गरेको छ । संगठनले बुधवार एक विज्ञप्ती जारी गर्दै भनेको छ , वर्तमान परिस्थितिमा पवित्र महिना रमजान र यहाँहरुको उपासना ९इवादत० को खुशीमा इदको लागि नयाँ लुगा नलिउ हामी यहि पैसा बचत गरेर आवश्यक, असहाय, गरिबका लागि महादान गरौ ।

विषम परिस्थितीमा मुस्लिम समुदायले लिएको यो निर्णय इतिहासमा पनि स्मरणीय हुने उल्लेख गरिएको छ । कोरोनाका कारण मुलुक नै आर्थिक मन्दीमा परेको बेलामा मुस्लिम समुदायवाट गरिने यो सहयोग निकै ठूलो हुने संगठनले जनाएको छ । साथै संगठनले रमजानको अन्तिम शुक्रवारको नवाज र इदुल फित्रका् नमाज कसरी सम्पन्न गर्ने भन्ने विषयमा पनि धर्मगुरु र प्रशासनका अधिकारीबीच सल्लाह गरेर निर्णय गरिने उल्लेख गरिएको छ ।

संगठनले कोरोनाको समयमा हुने गरेका गलत अफवाहको पछि नलाग्न र त्यस्ता सूचना प्रवाह गर्नेहरुका बारेमा तत्काल प्रशासनलाई जानकारी दिन पनि आग्रह गरेको छ । प्रशासनले सहयोग चाहेको बेलामा सहयोग उपलब्ध गराउन र विदेशवाट आएकाहरुका वारेमा पनि जानकारी दिन समुदायलाई आग्रह गरेको छ ।

संगठनका संयोजक सेराज अमद फारुकी र सहसंयोजक अतहर हुसैनको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तीमा मुस्लिम समुदायलाई लक्षित गरी धर्म र समुदाको आस्था खलबल्याउने गरी आएका समाचार प्रति सरकारको ध्यानाकर्षण पनि गराइएको छ । त्यस्तो अफवाह फैलाउनेलाई कारवाहीको माग गरीएको छ । एक ब्यक्तिको कमजोरीलाई लिएर पुरै समुदाय प्रति लक्षित गर्न नहुने संगठनको भनाई छ । साथै महामारीको बेलामा अत्यावश्यक वस्तुहरुको आपुर्ती सहज बनाउ र संक्रमितको ब्यक्तिगत गोपनियता भंग गर्नेहरुलाई पनि कारवाहीको माग गरिएको छ ।

Leave A Reply

Your email address will not be published.