लिपुलेकमा नेपाली झण्डा गा’ड्न हिँडेका ८ जना पक्राउ

0

प्रकाश चन्द्र भट्ट, दार्चुला ।दार्चुलाको लिपुलेकमा नेपाली झण्डा गा’ड्न हिँडेका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेश सिंह विष्ट, दिपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउँद, दिपक साउँद र जनक सिहं साउँदलाई व्याँस गाउँपालिकाको दुम्लीङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको व्यक्तिगत सुरक्षाको अवस्थालाई ध्यान दिदै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिए ।

नियन्त्रण रहेका आठै जनालाई अहिले जिल्ला सदरमुकाम ल्याइरहेको प्रहरीले जनाएको छ ।‘देशमा अहिले ब’न्दाबन्दीको समय छ । एक ठाउँबाट अर्को ठाउँ जान ब’न्द गरिएको छ , लकडाउनको उ’लंघन गर्दै उनीहरु एक पालिकाबाट लु’कीछिपी अर्को पालिका प्रवेश गरेका थिए । जसले गर्दा कोरोनाको ख’तरा समेत बढ्यो, विष्टले भने, स्थानियहरुले समेत उनीहरुलाई प्रवेशमा बा’धा पुगाएको हुदा उनीहरुकै सु’रक्षाको लागि नियन्त्रणमा लिइएको हो ।” उनीहरु नेपाली झण्डा लिएर कालापानी लिपुलेक तिर लागेका थिए ।

Leave A Reply

Your email address will not be published.