ब्राजिल बन्दै महामारीकाे अर्काे केन्द्र : २० हजारकाे ज्यान गयाे, विज्ञ भन्छन- ‘अझै १५ गुणा बढ्न सक्छ’

0

काठमाडाैँ, ९ जेठ । पछिल्लाे समय काेराेना भाइरस (काेभिड- १९) महामारीकाे अर्काे केन्द्र बन्दै गएकाे छ- दक्षिण अमेरिकी मुलुक ब्राजिल । त्यहाँ पछिल्ला २ दिनमा हालसम्मकै बढी नयाँ केसहरू फेला परेका छन् ।

बुधबार (मे २०) का दिन ब्राजिलमा काेराेना भाइरसबाट संक्रमित हालसम्मकै बढी दैनिक नयाँ केस फेला परे । त्यस दिन २१ हजार ४७२ नयाँ संक्रमित फेला परेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । बिहीबार (मे २१) मा पनि एकै दिन १७ हजार ५६४ नयाँ संक्रमित थपिएका छन् ।

यससँगै ब्राजिल विश्वमा काेराेना संक्रमित देशकाे लहरमा तेस्राे स्थानमा अाएकाे छ । अहिलेसम्म सबैभन्दा बढी काेराेना संक्रमण र मृत्यु संयुक्त राज्य अमेरिकामा भएकाे छ । त्यहाँ हालसम्म १६ लाख २० हजारभन्दा बढीमा काेराेना संक्रमण फैलिएकाे छ भने ९६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

संक्रमणका केसमा अहिलेसम्म रूस दाेस्राे स्थानमा छ, यद्यपि त्यहाँ मृत्यु भने न्यून देखिएकाे छ । रूसमा ३ लाख १७ हजारभन्दा बढी संक्रमित फेला पर्दासम्म मृत्यु हुनेकाे संख्या जम्मा ३ हजार ९९ पुगेकाे छ । तर ब्राजिलमा हालसम्म संक्रमित संख्या ३ लाख १० हजार ९२१ पुगेकाे छ भने मृत्यु हुनेकाे संख्या २० हजार नाघेकाे छ ।

ब्राजिलमा बिहीबार एकै दिन १ हजार १८८ जनाकाे काेराेना भाइरस संक्रमणका कारण ज्यान गएकाे छ । याे ब्राजिलमा दैनिक मृत्युका घटनामा हालसम्मकै सर्वाधिक हाे । बुधबार त्यहाँ काेराेनाबाट ९११ काे ज्यान गएकाे थियाे भने मंगलबार १ हजार १३० काे ज्यान गयाे ।

अहिलेसम्म ब्राजिमा काेराेना संक्रमणबाट २० हजार ८२ जनाकाे मृत्यु भएकाे वर्ल्डाेमिटर्सकाे तथ्यांले देखाएकाे छ । यसैगरी संक्रमितमध्ये १ लाख २५ हजार भन्दा बढी चाहिँ निकाे भइसकेका छन् । हाल १ लाख ६४ हजारबढी मानिसमा काेराेना भाइरस सक्रिय छ ।

तर विज्ञहरू भन्छन् कि ब्राजिलमा धेरैकाे परीक्षण भएकाे छैन । यदि परीक्षण व्यापक बनाउने हाे भने त्यहाँ अहिले देखिएकाे भन्दा १५ गुणा बढी संक्रमित देखिन सक्ने उनीहरूकाे भनाइ छ ।

२१० मिलियन जनसंख्या भएको विशाल देश ब्राजिल भाइरसलाई कसरी नियन्त्रित गर्ने भन्ने कुरालाई लिएर अहिले राजनैतिक लडाईमा फसेको छ । त्यहाँका राष्ट्रपति जैर बोल्सोनारोले भाइरसलाई “सानो फ्लू” सँग दाँजेका छन् । उनले यससँग मानिसहरूकाे त्रासलाइ निन्दा गर्दै देशलाई आर्थिक दुर्घटनाबाट रोक्न नियमित काममा फर्कन आग्रह गरेका ।

तर त्यहाँका राज्य र स्थानीय अधिकारीहरूले नागरिकहरूलाई घरैमा रहन र सामाजिक दूरी कायम राख्न आग्रह गरिरहेका छन्, जसलाइ सर्वोच्च अदालतले पनि समर्थन गरेको छ ।

Leave A Reply

Your email address will not be published.