ऐतिहासिक प्रमाणले नै भन्छ, ‘लिम्पियाधूरा, लिपुलेक र कालापानी नेपालको हो : महानायक हमाल

0

काठमाडौं, ८ जेठ । हमानायक राजेश हमालले लिम्पियाधूरा, लिपुलेक र कालापानी मुद्दा सरकारको विषय मात्र नभइ हरेक नेपालीको भएको बताएका छन् । सोसल मिडिया फेसबुक मार्फत अभिनेता हमालले अब नेपाली जनताले कुनै पनि प्रकारका अन्याय हेरेर बस्न नसक्ने बताएका बताएका हुन् ।

उनले लिम्पियाधूरा, लिपुलेक र कालापानी नेपालको भएको र भारतले फिर्ता गर्नुपर्ने बताएका छन् । सीमा विवादको विषयमा छिमेकी भारतको गलत बुझाई मात्र भएको हमालको भनाइ छ ।

ऐतिहासिक प्रमाणले नै लिम्पियाधूरा, लिपुलेक र कालापानी नेपालको भएको हमालले बताएका छन् । त्यस्तै, उनले भारतसँग सत्यतथ्य, इतिहास हेरेर यो मुद्दासँग न्यायीक ढंगले व्यवहार गर्न अनुरोध पनि गरेका छन् ।

blob:https://www.facebook.com/86375f0e-d601-4bb6-9ac2-c64575a34b1b

Leave A Reply

Your email address will not be published.