नेपाली भूमि फिर्ता ल्याउन हामीसँग यथेष्ट प्रमाण छः मन्त्री खतिवडा

0

काठमाडौं। मन्त्रिपरिषद बैठकले कुटनीतिक वार्ताको माध्यमबाट नै आफ्नो जमिन फिर्ता लिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले भारतसँगको सीमा विवादको विषय अहिले नै अन्तर्रा्ष्ट्रियकरण गर्न आवश्यक नरहेको निश्कर्ष निकालेको हो।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं अर्थ मन्त्री तथा सूचना एवम सञ्चार मन्त्री डा. युवराज खतिवडाले आफ्नो जमिन कुटनीतिक वार्ताको माध्यमबाट नै फिर्ता लिने जानकारी गराएका हुन् । उनले भने, नेपाली नक्सामा समेटिएको क्षेत्र फिर्ता ल्याउन हामीसँग् यथेष्ट प्रमाण छ ।

सरकारले भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा जेठ ७ गते सार्वजनिक गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.