आइतबार सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

0

काठमाडौं, १० जेठ । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

इस्लाम धर्मावलम्बीले महिना दिनसम्म दिनभरि उपवास बसेर मनाउने ईद पर्व आइतबार समापन हुँदैछ । मन्त्रिपरिषद्ले उक्त पर्वको समापनको अवसरमा आइतबार ११ गते बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले जानकारी दिनुभएको छ ।

अन्य समाचार : दुई लाख ७ हजार नगदसहित तासको खालबाट ५ जना धनुषा प्रहरीको फन्दामा जनकपुरधाम, ९ जेठ । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित पिडारी चोकमा रहेको जानकी बाटिका गेष्टहाउसमा तास खेलिरहेको अवस्थामा पाँच जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

२ लाख ७ हजार ५ सय ८५ रुपैयाँ नगदसहित उनीहरुलाई शुक्रबार नियन्त्रणमा लिइएको धनुषा प्रहरी प्रवक्ता रामेश्वर कार्कीले न्यूज २४ लाई जानकारी दिए ।

धनुषाका मिथिला बिहारी नगरपालिका–७ का ५६ वर्षीय किशोरी साह, जनकपुर उपमहानगरपालिका–८ का ५५ वर्षीय बिल्टु बरही, जनकपुर उपमहानगरपालिका–१३ का ३५ वर्षीय मोसतकिङ राइन, ४७ वर्षीय जसिन कवाडी र ३४ वर्षीय रमेश साहुलाई तासको खालबाट नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको पाँचै जनालाई जिल्ला प्रहरी कर्यालय धनुषामा राखिएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.