पत्रकारले सिमा विवाद उचालेर भारतीय साथीसंग मुख देखाउन लाज भयो भनेपछि बर्षाका फ्यान बने आक्रोशित (भिडियो हेर्नुस्)

0

काठमाडौं । नेपालले भारतद्धारा अतिक्रमित जमिन पनि समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसले भारतमा हंगामा भएको छ । भारतले नेपालको सार्वभौमिकता माथि आरोप लगाउँदै वखेडा सिर्जना गरेका छन् । नेपालले राख्दै आएको दुई देशबीचको छलफललाई वेवास्ता गर्दौ आएको भारत नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि भने जागेको छ । नेपाललाई संधै पेलेर जाने मनस्थितिमा रहेको भारतलाई नेपालले पहिलो पटक झट्का दिएको हो ।

भारतले लिपुलेक, कालापानी र लिम्पियाधुरामा देखिएको सिमा विवादको विषयलाई छलफल गर्न वारम्बार गर्दै आएको आग्रह नमानेर एक तर्फी रुपमा तिब्बतको मानसरोवर जाने वाटो निर्माण गरेपछि नेपालमा तिब्र विरोध सुरु भयो । सामाजिक सञ्जाल र सडकवाट सरकारलाई नयाँ नक्सा जारी गर्न दवाव सिर्जना भयो । नयाँ नक्सा जारी गर्ने तयारीमा लाग्दै आएको बताउँदै आएको सरकारले हालै नयाँ नक्सा जारी गरेपछि भने अहिले राजनीतिक माहोर परिवर्तन भएको छ । सरकारलाई विपक्षी दलले पनि समर्थन जनाएको छ ।

भारतीय मिडियामा भइरहेका नेपाल विरुद्धका समाचारहरुलाई विपक्षी दलका नेताहरुले राष्ट्रियताको सवालमा हामी एक छौं भन्ने सन्देश दिइरहेका छन् । उनीहरुले पनि डिभेड गरिरहेका छन् । काँग्रेस नेता मिनेन्द्र रिजाले भारतीय मिडियामा राखेको अडानलाई त्यसकै रुपमा बुझ्न सकिन्छ । भारतीय मिडियाले सिमानाको विषयमा नेपालको पक्ष लिएको भन्दै नायीका मनिषा कोइरालाको खेदो खनिरहेका छन् ।

उनलाई निकै तुच्छ शब्द प्रयोग गरेर विशेष कार्यक्रम नै प्रशारण गरेका छन् । मनिषा माथि भारतीयले यसरी गरेको ब्यवहारको नेपाली कलाकार र सामाजिक सञ्जालवाट भने चर्को विरोध भएको छ । आइ एम विथ मनिषा कोइराला भन्दै सामाजिक अभियान नै चलाईएको छ । नेपाली कलाकारले उनलाई साथ दिइरहेका छन् । तर यसैबीच सामाजिक सञ्जालमा दिएको एउटा अभिब्यक्तिका कारण भने नेपालकै चर्चीत नायीका वर्षा राउत भने आलोचित भएकी छन् ।

उनले सिमाको विषय दुई देशका प्रमुखले मिलाउने पर्ने विषय भएपनि दुवै देशका मिडियाले यसलाई अनावश्यक रुपमा उचालेको आरोप लगाएकी छन् । दुवै देशका मिडियाले यो विषयमा अनावश्यक रुपमा उचालेका कारण आफुलाई भारतीय साथीहरुसंग मुख देखाउन समस्या भएको प्रतिकृया राउतले दिएकी छन् । उनको यस्तो अभिब्यक्तिको अहिले सामाजिक सञ्जालमा निकै आलोचना भएको छ ।

Leave A Reply

Your email address will not be published.