Breaking: आज थप १९ जनालाई कोरोना पुष्टि, संक्रमितको संख्या ६०३ पुग्यो
काठमान्डौ , नेपालमा आज एकैदिन थप १९ जनालाई कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयको अनुसार अहिलेको अध्याबधिक विवरण अनुसार थप १९ जनालाई कोरोना पुष्टि भएको हो ।मन्त्रालयका अनुसार मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डाक्टर बिकाश देबकोटाले बताएका छन् ।जसमध्य पुरुष ५२४ महिलाहरु ७९ जना रहेको उनले बताए ।
प्रबक्ता देबकोटा अनुसार आज मोरङ १, बारा१, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन् ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराको कलैयाका ३२ वर्षीय पुरुष, पर्साको वीरगन्जका २५ वर्षीय पुरुष, पर्सा ठेगाना भइ बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साकै ६० वर्षीय पुरुष, रौतहट घर भइ कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाहीका ४८ वर्षीय पुरुष, रुपन्देहीका ३२, ४० र ५० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको देवकोटाले बताए ।
यसैगरी काठमाडौंको सोह्रखुट्टेका ६९ वर्षीय पुरुष र नुवाकोटको ककनीका ३९ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ। यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीका २३, ३३ र ४० वर्षीय ३ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । कपिलबस्तुका ३५, ३७ र ५२ वर्षीय पुरुषका साथै गुल्मीका ३१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्। मन्त्रालयका अनुसार कोरोना जितेर घर फर्कने ८७ जना रहेका छन् ।