यस्ता स्थानमा हुन्छ कोरोनाको जोखिम, कसरी बच्ने ?

0

चीनबाट शुरु भएको कोरोना भाइरसको त्रास अहिले विश्वभरी नै छ । चीनपछि दक्षिण कोरिया, अमेरिका, जापान, यूरोप लगायत ६४ देशमा कोरोनाको संक्रमण फैलिसकेको छ ।

नेपालमा हालसम्म एकजनामा कोरोनाको संक्रमण देखिएको र ती व्यक्तिको सफल उपचार भइसकेको स्वास्थ्य मन्त्रालयको दावी छ ।

विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोना संक्रमणको अति उच्च जोखिमको सूचीमा राखिसकेको छ । नेपालमा कोरोनाको संक्रमण देखिएमा भयावह अवस्था आउन सक्ने विज्ञहरुले बताएका छन् ।

जनस्वास्थ्य विज्ञ डाक्टर रविद्र समिरले कोरोनाको उपचार सम्वभ नभएको तर रोकथाम भने सम्भव भएको बताएका छन् । उनले कोरोनको संक्रमण हुने प्रमुख १२ स्थानबारे समेत जनाकारी दिएका छन् ।

यी स्थानमा हुनसक्छ कोरोना सर्ने जोखिम

१. सिनेमा हल २. अस्पताल ३. बिद्यालय र कलेज ४. सार्वजनिक यातायात ५. सपिङ मल ६.व्यस्त गल्ली ७.तरकारी तथा मासु बेच्ने ठूला स्थानहरु

८. सभा र जुलुस भएका स्थान ९. वृद्धाश्रम १०. होटेल र रेस्टुरेन्ट ११. रंगशाला १२. भोजभतेर गरिने ठाउँ आदि।

डा समिरका अनुसार कोरोनाको संक्रमणबारे समयमै सचेत हुन ती स्थानमा जाँदा विशेष ख्यान गर्नुपर्छ ।

कोरोना सर्नबाट कसरी बच्ने ?

–काम नपरेसम्म भिडभाड हुने सार्वजनिक ठाउँमा नजाने,

– जानै परेमा मास्क, ह्याण्ड स्यानिटाइजर आदिको प्रयोग गर्ने,

–घरमा फर्केपछि घर बाहिर वा अलग कोठामा कपडा फेरेर तथा साबुनपानीले हात धुने आदि।

Leave A Reply

Your email address will not be published.