पत्रकार भाग्य न्यौपाने चढेको मोटरसाइकल दुर्घटना

0

काठमाडौं ११ जेठ / केहिबर्ष यतादेखि सामाजिक कार्यमा सक्रिय युट्युबर भाग्य न्यौपाने चढेको मोटरसाइकल दुर्घटना भएको छ । राजधानी बाहिर बिरामीको लागि उपचार खर्च पुर्‍याउन जानेक्रममा मोटरसाइकलको ब्रेक लक भएर दुर्घटना भएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) बाट बच्न सरकारले लकडाउन घोषणा गरेसँगै निम्न परिवारका व्यक्तिहरुलाई भाग्य न्यौपानेले सहयोग गर्दै आएका थिए ।

हाल उनको उपचार भइरहेको र अवस्था सामान रहेको समेत जानकारी दिएको छ । भाग्य न्यौपानेले अस्पतालबाट लेखेको स्टाटस् पढ्नुहोस् ।

मेरो लागि आज दु:खद दिन .. सेवा गर्न जादा यस्तो भयो, काठमाडौ बाहिरका २ जना बिमारीहरुले हस्पिटलमा उपचार गर्ने पैसा नभएपछि मलाई धेरै पटक कल गर्नुभयो, पैसा को अभावमा उपचार रोकिएको कुरा सुनेपछि.. म उहाँहरुलाई पैसा पठाइदिन बैंक जाने क्रममा आज मेरो दुर्घटना भयो ।

Leave A Reply

Your email address will not be published.