कोरोनाबाट ज्यान गुमाएकी महिलाको श’ब बोक्ने भक्तपुरका कोरोना यो’द्दाहरुको कोरोना रिपोर्ट नेगेटिभ

0

भक्तपुर । कोरोना भाइरस संक्रमणका कारण मृ’त्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको श’व बोक्ने गाडी चलाउने भक्तपुरका दुई युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।भक्तपुरका स्वयंसेवी दुई युवा अरुण सैंजू र राजेश गाइँजूले काभ्रेको धुलिखेल अस्पतालबाट ती महिलाको श’व आफ्नो गाडीमा राखेर ल्याई काठमाडौंको पशुपतिनाथस्थित वि’द्युतीय श’वदाह गृ’हसम्म व्यवस्थापन गर्नुभएको थियो ।उहाँहरुलाई भक्तपुरको सूर्यविनायकस्थित नेपाली सेनाको वीरदल ग’णले ग’ण बाहिर आइसोलेसनमा राखिएको थियो ।

आइसोलेसनमा रहेका दुवै युवाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उहाँहरु आइसोलेसनबाट सोमवार बाहिरीनुभएको अरुण सैंजुले जानकारी दिनुभयो ।उहाँहरुको कोरोना परीक्षण गरेर नतिजा नआएसम्म उक्त आइसोलेसनमा राखिने प्रा’वधान अनुसार नै वि’रदलले निर्माण गरेको आइसोलेसनमा राखिएको थियो ।महिलाको श’वलाई ब्यवस्थापनमा उहाँहरुले काम गर्नुभएको र उहाँहरुमा संक्रमण हुन सक्ने भएकाले आइसोलेसनमा राखिएको थियो ’।उहाँहरुलाई आइसोलेसनमा राखिनुअघि उहाँहरुले प्रयोग गरेको पी’पीईलगायत भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनीमा आ’गो लगाएर न’ष्ट गरिएको थियो ।

त्यस्तै महिलाको श’व बोक्न प्रयोग गरेको गाडीसमेत निसंक्रमण –डि’स्इन्फेक्सन गरेपछि सल्लाघारीको ९९ रोपनीमै आइसोलेट गरिएको थियो ।भक्तपुर स्वयंसेवी युवा सैंजु र गाइँजूसहित चार जना युवाले सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न लकडाउन घो’षणा गरेदेखि भक्तपुर अस्पतालमा बसेर स्वयंसेवी भएर कार्य गर्दै आउनुभएको छ । सैंजू र गाइँजूसँगै न्हुज किजू र पुनम कर्माचार्यले भक्तपुर अस्पतालमा क्या’म्प नै खडा गरेर स्वयंसेवा दिँदै आउनुभएको छ ।आ’रएनए १६ नामक संस्थामा आ’वद्ध उहाँहरुले कोरोना भाइरस संक्रमणको जस्तै लक्षण आएका बिरामीहरु लिन जाने, उपचारपछि पु¥याउन जाने तथा अस्पतालको फि’भर क्लिनिकमा सहयोग पु¥याउँदै आउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.