अहिले साँझ ६ बजे थप ४४ जना कोरोनालाई जितेर घर फर्किदै

0

काठमाडौं । मुलुकमा आज साँझ ४४ जना कोरोना भाइरस संक्रमित अस्पतालबाट डिस्चार्ज हुँदैछन् । नारायणी क्षेत्रीय अस्पतालमा उपचाररत ४४ संक्रमितले कोरोनालाई जितेका हुन् ।उनीहरुलाई साँझ ६ बजेसम्म डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । उनीहरु डिस्चार्ज भएपछि मुलुकमा कोरोनालाई जित्नेको संख्या १ सय ५६ हुनेछ । यसअघि विभिन्न चरणमा १ सय १२ संक्रमित डिस्चार्ज भइसकेका छन् ।

अन्य समाचार : Breaking: आज बिहानै थपिए ७२ जना कोरोना संक्रमित , संक्रमितको संख्या ६७५ पुग्यो काठमान्डौ , नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।नेपालमा आज सोमबार थप ७२ जनामा कोरोना पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले (साेमबार बिहान) अध्यावधिक गरेको विवरणअनुसार सोमबार विहान रौतहट, बारा, काठमाडौं, कपिलवस्तु, दैलेखलगायतका जिल्लामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले भर्खरै सार्वजनिक गरेको ७२ जनाको अद्यावधिक रिपोर्ट अनुसार काठमाडौं टोखा नगरपालिका ३ र ६ का २७ र ४१ वर्षका पुरुषलाई कोरोना भाइरस पोजेटिभ देखिएको हो ।अर्का बुढानिलकण्ठ नगरपालिका ३ का ३७ वर्षका पुरुषलाई कोरोना पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि हुनेहरुमा धनुषा नगाइन नगरपालिका ३ का ३०,३१ र ४५ वर्षका पुरुष,कपिलवस्तु शिवराज नगरपालिकाका ४,५ र ६ का १९,२० र २३ वर्षका पुरुषहरु छन् ।यस्तै बाराका २ ,रौतहट राजपुर फरहदवा २,६,८ र इशनाथ २ का १८ वर्षदेखि ५३ वर्षउमेर सम्मका २६ जना पुरुष, सप्तरी डाक्नेधरीका २२ ,२४ वर्षका पुरुष,बारा गढीमाई नगरपालिकाका १८ देखि ५९ वर्षउमेरका २१ जना पुरुष,दैलेख नारायण नगरपालिका ढुंगेधर गाउँपालिका ४ जना पुरुष र एक महिला तथा दैलेखकै गुराँस गाउँपालिकाका २ जना पुरुषलाई कोरोनाको संक्रमण भएको छ ।

Leave A Reply

Your email address will not be published.