Breaking: कोरोना संक्रमितको ६८२ संख्या पुग्यो
काठमान्डौ , नेपालमा थप जनालाई कोरोना ६ पुष्टि भएको छ ।मन्त्रालयका प्रबक्ता देवकोटाका अनुसार नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृ’त्यु भएका ७० वर्षीय वृद्धलाई कोरोना संक्रमण पुष्टि भएपछी यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकाश देबकोटाले पुष्टि गरे ।उनका अनुसार अछामका ३२ वर्षीय १ जना, बर्दीयाका ३ जना र पर्साका २ जनामा कोरोना संक्रमण देखिएको हो। उनका अनुसार सेती अञ्चल अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामको मेल्लेखमा ३२ वर्षीय युवकमा कोरोना पुष्टि भएको छ।
त्यसैगरी भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाको गुलरियाका तीनजनामा कोरोना पुष्टि भएको छ। उनका अनुसार गुलरिया-१० बर्दियाका २२ र २४ वर्षीय तथा गुलरिया-२ का १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। त्यसैगरी चितवनस्थित नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा २ जनामा संक्रमण देखिएको छ। जसअनुसार जिराभवानी गाउँपालिका पर्साका १८ वर्षीय पुरुष र काठमाडौं घर भइ बाराको कलैयामा काम गर्दै आएका २६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। यस अघि आज बिहान मात्र रौतहट, बारा, काठमाडौं, कपिलवस्तु, दैलेखलगायतका जिल्लामा ७२ संक्रमित थपिएका थिए। देवकोटाका अनुसार हालसम्म कोरोनालाई जितेर ११२ जना घर फर्किएका छन् ।