सोनुको सहयोगी मन, अलपत्र परेका मजदुरलाई खानेकुरा व्यवस्थासहित बसमा घर पुर्‍याए

0

काठमाडौं। बलिउड अभिनेता सोनु सूदले लकडाउनको समयमा समस्यामा परेकाहरुलाई सहयोग गरिरहेका छन् । कोरोनाभाइरसको रोकथाम लागि गरिएको लकडाउनका कारण समस्यामा परेकालाई उनले सहयोग गरिरहेका छन् । भारतिय मिडियाका अनुसार उनले लकडाउनका कारण अलपत्र परेका मजदुरलाई घर पुर्‍याइरहेका छन्।

उनले अलपत्र मजदुरलाई बसमा घर पुर्‍याउने र खानेकुराको व्यवस्था गर्ने गरेका छन् । उनले हालसम्म कयौंका लागि गाडीको व्यवस्था गरेको बताइएको छ । केहि समयअघि भोक भोकै रहेको मजदुरका लागि उनले खाना खुवाएका थिए।

Leave A Reply

Your email address will not be published.