‘देशको माया हुने कलाकार नेपालमै बस्नुपर्ने’ भनेपछि वर्षा फेरी तानिइन् विवादमा !
काठमाडौं। नायिका वर्षा राउत एउटा भिडियो लाइभ अन्तरवार्तामा बोलेको विषयमा विवादमा तानिइिन् । उनका वारेमा ट्रोल बनाइएको छ । निकै आलोचना भएपछि उनले आफ्नो नेपाल प्रतिको माया अरुको भन्दा कम नभएको र आवश्यक परे कालापानी गएर म’र्न पनि तयार रहेको प्रतिकृया दिइन् । पत्रकार ऋषी धमलासंगको अन्तरवार्ताका क्रममा उनले यस्तो भनेकी थिइन् ।
तर सोही अन्तरवार्तामा भनेको अर्को कुराले फेरी उनलाई टिप्पणी आएको छ । उनले नेपालको माया भएका कारण आफु विदेश नगएको र पिआर नलिएको बताइन् । उनले देशको माया हुनेहरु देशमै बस्नुपर्ने अभिब्यक्ति दिइन् । आफु जस्ता थुप्रै कलाकार विदेशमा गएको प्रति लक्षित गर्दै उनले यस्तो भनेकी थिइन् ।
सोही विषयलाई लिएर अमेरिका बस्दै आएकी नायीका जल शाहले निकै कडा टिप्पणी गरेकी छन्। उनले विदेशमा रहेका कलाकारहरुले देशको माया गर्न स्वदेशमै बस्नु नपर्ने, तर योगदान भने दिनु पर्ने तर्क गर्दा नायीका जलको चित्त दुखेको छ । उनले सामाजिक सञ्जाल मार्फत निकै लामो स्टाटस लेख्दै वर्षाको सो भनाई प्रति आपत्ती जनाएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा नायिका जल शाह लेख्छिन् –
आफ्नो नेपाल आमालाई माया गर्न नेपालमै बस्नु पर्छ नेपालीहरू विश्वभर छरिएर बसेका छन् । केही मानिसको बोली अनुसार, म देशलाई माया गर्छु, त्यसैले म विदेशमा बसेको छैन यो कस्तो मानसिकता हो रुकत्तिको जायज छरु तर यदि तपाइँको देश प्रतिको कर्तव्य र योगदान हेर्ने हो भने त्यो त शून्य छ। नेपालमा बस्दैमा आफू मात्र इमान्दार रु कस्तो खोक्रो बोली छिन छिनमा बदलिँदै जाने रु नेपाली दाजुभाई, दिदिबहिनीहरू कोहीपनि आफ्नो देश र परिवारबाट टाढा हुन चाहन्नन् , संसारभर छरिएर उनीहरू आफ्नो शीप अनुसारको काम गरिरहेका छन्, आफÞनो परिवारको पेट पालिरहेका छन् ।
उनीहरूलाई, मलाईं जस्तै देशप्रतिको कर्तव्य, सम्मान र प्रेम देखाउन कसैको अनुमति चाहिन्छ र रु देशमा जुनसुकै विपत्ति आइपर्दा पनि विदेशमा बस्ने नेपालीहरू एक भएर अगाडि बढेका छन् ,सहयोगका लागी।नेपालमा बस्ने नेपालीहरुको रगतको रंग गाढा रु नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुको रगतको रंग फिक्का रु नेपालीको पनि दुइवटा जात हुन्छ र रु के बाहिर वस्ने नेपाली , नेपाली नै होइनन् रु देशमा बसेर ठूलो ठूलो गफ हाकेर आफÞनो देशलाई ठग्न र नङ्ग्याउन हामीलाई त आउँदैन । हामीलाई आफ्नो देश रक्षाको लागी मर्न चाही पक्कै आउँछ । खोक्रो राष्ट्रवाद मुर्दाबाद। जय देश ।