अध्ययन भन्छ-भारतले कोरोनाविरुद्ध लड्न नेपाललाई दिएको औषधि ‘ज्यानमारा’ !

0

काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न नेपाललाई प्रदान गरेको औषधि प्राणघातक सावित भएको एक अध्ययनले देखाएको छ ।

भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गत बैशाख १० गते स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई २३ टन औषधी हस्तान्तरण गरेका थिए ।

भारतले प्रदान गरेको अत्यावश्यक औषधिमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोज गरी कुल ८.२५ लाख डोज रहेको रहेको थियो। नेपाललाई १० लाख यही ट्यावलेट सहयोग स्वरुप भारतले उपलब्ध गराएको थियो ।

तर, द ल्यान्सेन्ट जर्नलमा प्रकाशित हाइड्रोक्लोरोक्विन अथाव क्लोरोक्वनको कोभिड-१९ का संक्रमितहरुको उपचारमा भएको प्रयोगलाई विश्लेषण गरिएको अध्ययनले यस औषधिको सेवनले मृत्यदर बढाएको देखाएको छ।

प्रमाणविना नै कोभिड-१९ संक्रमितको उपचारमा औषधीको प्रयोग गरिएको भन्दै कोभिड-१९ को संक्रमितमाथि गलत ढंगले मूल्यांकन गरी यसको प्रयोग गरिएको दाबी अध्ययनले गरेको छ।

अमेरिकी अनुसन्धानले पनि उक्त औषधी काम नलाग्ने देखाएको छ। अमेरिकाको भेट्रान एड्मिनिस्ट्रेसन हस्पिटलहरुमा हाइड्रोकलोरोक्विनले उपचार गरिएका विरामीहरुमा उच्च मृत्यदर रहेको देखाएको थियो।

अध्ययनले औषधिहरुको प्रयोग नगरिकनै विशेष हेरचाह गरिएका विरामीहरुको तुलनामा ती औषधि प्रयोग गरिएका विरामीहरुलाई काम नलाग्ने देखाएको थियो।

हाइड्रोक्लोरिक्विन उत्पादक मध्येको ठूलो देश भारत यसको निर्यातमासमेत रोक लगाए पनि छि नेपाललाई १० लाख ट्यावलेट दिएको हो। भारतले अमेरिकालाई पनि ३५ लाख ८२ हजार ट्यावेलट सहयोग दिएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइड्रोअक्सिक्लोरोक्विनको बारेमा प्रसंशा गरेपछि विश्वभर यसको चर्चा भएको थियो।

तर ,ह्वाइट हाउसकै कोरोना विशेषज्ञसमेत डाक्टर एन्टोनी फाउसीले पटकपटक यसको विरोध गर्दै प्रयोगका लागि कुनै तथ्य तथा प्रमाणहरु नभएको दाबी गर्दै आएका छन्।

अनुसन्धानमा वताइए अनुसार यी औषधीका हरेक प्रकार अस्पतालमा सर्भाइभललाई घटाउन र कोभिड-१९ का संक्रमितको उपचारमा भेन्ट्रिकुलर एरिथमियासको मात्रा बढ्नुसँग जोडिएका छन्। त्यसकारण यो ‍औषधि उपयोगीभन्दा प्राणघातक सावित भएको अनुसन्धानले देखाएको छ।source onlinenepal.com

Leave A Reply

Your email address will not be published.