भारतमा कोरोनाको संक्रमण रोक्न बलिउड नायिका सारा अली खानले गरिन आर्थिक सहयोग

0

काठमाडौ – बलिउड नायिका साराअली खानले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५आर्थिक सहयोग गरेकी छिन ।

कोरोना भाइरसबिरुद्ध लडाईमा देशलाई समर्थन गर्न मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरुका नाम यसअघि नै नामसूचीमा दर्ता भइसकेको छ ।सोमबार गायक अदनान सामीले रकम खुलासा नगरी मुख्यमन्त्री राहत कोषमा आफ्नो समर्थन र योगदान र्पुयाउने घोषणा गरेकी थिइन् ।

यसैगरी बलिउड क्षेत्रका अक्षय कुमार, कपिल शर्मा, शिल्पा शेट्टी, राजकुमार राव, वरुण धवन, विक्की कौशल, आलिया भट्ट र सारा अली खानले कोभिड –१९ विरुद्धको लडाईलाई समर्थन गर्न सहयोग र्पुयाउने घोषणा गरिसकेका छन् ।

भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस फैलिन नदिन २१ दिनको ‘लकडाउन’ को घोषणा गरेका छन् । भारतमा यस सङ्क्रमणबाट ३५ जनाको ज्यान जानुको साथै १ हजार २५१ सङ्क्रमित रहेका छन् । बलिउड अभिनेत्री साराले कोषमा आर्थिक सहयोग गर्ने बारे स्वयम्ले सामाजिक सञ्जालमार्फत दिएकी छिन् । सामाजिक संजाल मार्फत जानकारी गराए पनि कति रुपैयाँ दान दिएकी छिन भन्ने खुलाएकी छैनन् ।

Leave A Reply

Your email address will not be published.