अधुरो र दुखद प्रेम कहानी: थप एकसहित ३ जनाको श’व फेला, ३ जना अझै वे’पत्ता

0

काठमाडौं : चार दिनअघि रुकुम पश्चिमको चौरजहारी नगरपालिका आठ सोतीमा भएको आ’क्रमणमा परी मृ’त्यु भएका तीन जना युवाको श’व फेला परेको छ । तीन जना अझै वे’पत्ता छन् । प्रहरीले घ’टनाको एकदिनपछि नवराज विक र टीकाराम सुनारको श’व भेटाएको थियो ।हिजो साँझ गणेश बुढाको श’व भेरी नदीको किनारमा फेला पारेको हो । अझै सञ्जु विक, गोविन्द शाही र लोकेन्द्र सुनार अझै वेपत्ता छन् । प्रहरीका अनुसार जाजरकोटबाट गएका १९ जनामध्ये बाँकी १२ जना आ’क्रमणमा परी घा’इते भएका छन् ।

मृ’तकहरूको श’व जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ भने ग’म्भीर घा’इतेको उपचार भइरहेको छ । रुकुम पश्चिमको चौरजहारीकी १७ वर्षीया मल्ल थरकी युवती र जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज गएको तीन वर्षदेखि प्रेममा थिए ।केटी लिन भनेर साथीहरु सहित नवराज शनिवार गाँउमा गएपछि करिव डेढ सय गाँउलेहरुले घेरेर उनीहरुमाथि आ’क्रमण गरेका हुन् । आ’क्रमणबाट जो’गिन भेरीमा हा’म फा’लेकामध्ये तीनजनाको मृ’त्यु भएको र तीन बे’पत्ता भएका हुन् । प्रहरीले युवती, युवतीका बुवा र आमाका साथै आफन्त डम्बरबहादुर मल्लसहित एक दर्जनलाई पक्राउ गरेको छ ।

Leave A Reply

Your email address will not be published.