कोरोनाले आतंक मच्चाएका बेला अमेरिकामा गयो शक्तिशाली भुकम्प

0

काठमाडौं, चैत १९ -(कोरोनाले आतंक मच्चाएका बेला अमेरिकामा शक्तिशाली भुकम्प गएको छ । मंगलबार साँझ शक्तिशाली भुकम्प गएको हो । अमेरिकाको आइदाहो राज्यमा ६ दशमलव ५ म्याग्निच्युडको भुकम्प गएको जनाइएको छ ।

३० सेकेन्डसम्म गएको भुकम्पका कारण केहि क्षति भने भएको छैन् । भन अमेरिकामो तीन हजार १६७ जनाको ज्यान गइसकेको छ ।यसरी यहाँ निकै द्रूूत रुपमा यस सङ्क्रमणको विस्तार भइरहेको देखिएको छ । प्रतिदिन यहाँ हजारौँ नागरिक सङ्क्रमितको सूचीमा थपिने गरेका छन् ।

अन्य समाचार : कोरोना परीक्षण प्रयोगशालाका उपकरण धनगढी आइपुग्यो कैलाली, १९ चैत- सङ्घीय सरकारले कोरोना भाइरसका शङ्कास्पद विरामीको नमूना परीक्षणका लागि खरिद गरेका प्रयोगशालाका उपकरणहरु धनगढी आइपुगेको छ । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार चीनबाट खरिद गरी ल्याइएका पिसिआर मेसिन, रिएजेन्ट, टेस्ट किट लगायतका प्रयोगशालाका उपकरण र पाँच जना विज्ञसहितको प्राविधिक टोली नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी आइपुगेको हो । प्रयोगशाला स्थापनाका लागि विज्ञहरुको टोली खटाइएको छ । पठाइएका उपकरणबाट भोलिबाटै परिक्षण शुरु गरिने सूचना अधिकारी खड्काको भनाइ छ ।

६४ मोटरसाइकल नियन्त्रणमा धनगढीमा लकडाउन उल्लङ्घन गरी चलाइएका ६४ वटा मोटरसाइकलहरु मङ्गलबार प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाइसरको रोकथाम तथा नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लङ्घन गरी चलाइएका मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । (रासस)

Leave A Reply

Your email address will not be published.