नेपालले तिर्नु पर्ने ऋण ११ खर्ब ४९ अर्ब पुग्यो

0

काठमाडौं। नेपाल सरकारले तिर्नु पर्ने ऋण ११ खर्ब बढी पुगेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै नेपालको ऋण बढेर ११ खर्ब ४९ अर्ब पुगेको बताएका हुन् ।

मन्त्री खतिवडाले यो वर्ष ९१ अर्ब ऋण थपिएको बताए । कुल ऋण मध्ये ६ खर्ब ९९ अर्ब ७६ करोड विदेशी ऋण छ भने बाँकि आन्तरिक ऋण रहेको छ। राजश्व र अनुदानबाट स्रोत अपुग हुने भएपछि सरकारले ऋण लिने गरेको छ।

Leave A Reply

Your email address will not be published.