रुकुममा नेकपा र कांग्रेस कार्यकर्ताबीच ह्यामरले हानाहा’न, तीन घा’इते

0

रुकुम पश्चिम। रुकुम पश्चिम, आठबिसकोट नगरपालिका वडा नम्बर ९ स्थित राडीबजारमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झ’डप हुँदा तीन जना घाइ’ते भएका छन्। मंगलबार साँझ भएको झड’पमा नेकपाका दुई र कांग्रेसका एकजना घा’इते भएका हुन् । स्थानीय पार्टी राजनीतिमा को वरिष्ठ भन्ने विषयलाई लिएर दुई पक्षबीच विवा’द हुँदा झ’डपको रुप लिएको हो । झडपमा उनीहरुले किला ठोक्ने फलामको ह्यामर लगायत सामग्रीले हानाहान गरेका थिए।

दुईजनाको टाउकोमा चो’ट लाग्नुका साथै एकको हातमा चो’ट छ । घटनापछि उनीहरुलाई प्रहरीले निय’न्त्रणमा लिएर आठबिसकोट नगर अस्पतालमा उपचार गराएको स्थानीय गोपाल बटालाले अन्नपूर्ण अनलाईनलाई जानकारी दिए। झड’पमा घाइते हुनेहरु रवि चन्द, मिलन परियार र मनोज बस्नेतको अहिले उपचार भइरहेको हो । नेकपाका दुई कार्यकर्ता आठबिसकोट नपाका मेयर गोरखबहादुर केसीका सहयोगीको रुपमा चिनिन्छन् । यस्तै अर्का घाइते मिलन परियार कांग्रेसका स्थानीय नेता तथा मेयरमा पराजित धिरेन्द्रबहादुर बटालाका सहयोगीको रुपमा चिनिन्छन्।

Leave A Reply

Your email address will not be published.